चौदण्डीगढीमा शैक्षिक अभियानलाई तीव्रता

चौदण्डीगढीमा शैक्षिक अभियानलाई तीव्रता
सुन्नुहोस्

उदयपुर : चौदण्डीगढी नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्न नगरपालिकाले योजनासहितको अभियानलाई तीव्रता दिएको छ। 

नगरपालिकाले कमजोर विद्यालयलाई शिक्षक उपलब्ध गराउने, दरबन्दी मिलान गर्ने, विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने, आवश्यक पूर्वाधारको तयारी, पढ्नका लागि सामग्री उपलब्धता लगायतका क्रियाकलापलाई तीव्रता दिएको हो। 

शिक्षक दरबन्दी अभाव रहेका ठाउँमा वैकल्पिक स्रोतको खोजी र परिचालन गर्ने, आवश्यक शिक्षक दरबन्दी थप गर्न 'अभिभावक सहयोग' कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम अघि सारेको मेयर कालुमान लामाले बताए। 

अभिभावक सहयोग कार्यक्रम मार्फत अभिभावकले केही रकम विद्यालयलाई सहयोग गर्ने र त्यसबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। राज्यको स्रोतसाधन अभाव भएको बेला जनताको सहयोगले अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए। 

नगरपालिकाले हरेक सामुदायिक विद्यालयमा जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरूका बालबच्चा अनिवार्य सरकारी विद्यालयमा अध्ययन गराउनुपर्ने, निजी स्कुलमा पढाएको पुष्टि भए नियमअनुसार कारबाही गरिने नीति अघि सारेको मेयर लामाले बताए। 

त्यसैगरी शिक्षाको समग्र सुधारका लागि विद्यालय, शिक्षक, वडाबीच अलग–अलग प्रतिस्पर्धा गराइने नीति लिइएको छ। यसरी जो प्रतिस्पर्धाबाट अघि आउँछ त्यस्ता विद्यालय, शिक्षक र वडालाई पुरस्कृत गरिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.