उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि मधेस प्रदेश सरकारमा भाँडभैलो

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि मधेस प्रदेश सरकारमा भाँडभैलो
छुट्टा छुट्टै मनाइएको स्वाभिमान दिवस। तस्बिर : मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा भाँडभैलो मच्चिएको छ। 

प्रदेशको नामाकरण र प्रदेश राजधानी घोषणा भएको सम्झनामा स्वरुप सरकारले बुधबार 'मधेस स्वाभिमान दिवस' मनाउने घोषणा गरेको थियो। तर, दिवस मनाउने विषयमा समेत सत्ता साझेदार दल र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच कुरा नमिल्दा छुट्टाछुट्टै कार्यक्रम गरी स्वाभिमान दिवस मनाइँदै छ। 

स्वाभिमान दिवस मनाउने निर्णय सबै दलको भए पनि मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सरकारद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि बनाएपछि अन्य पार्टीहरूले आपत्ति जनाउँदै छुट्टै कार्यक्रम गरेका हुन्। 

मुख्यमन्त्री यादवको अध्यक्षतामा प्रमुख अतिति उपेन्द्र यादवको सहभागितामा, नेपाली कांग्रेस र जसपाले जनकपुरकै महेन्द्र नारायण निधि अडिटोरियममा स्वाभिमान दिवस मनाइराख्दा नेकपा माओवादीका संसदीय दलका नेता भरत साहको अध्यक्षतामा प्रदेश सभाको सभाकक्षमा नेकपा एमाले, जनमत पार्टी, लोसपा पार्टी, नागरीक उन्मुक्ति र रासपाका सांसदहरुले छुट्टै कार्यक्रम गरी दिवस मनाएका छन्। 

‘यो संघीयता कुनै एक व्यक्ति वा पार्टीले ल्याएको होइन, यसलाई ल्याउन मधेसका सबै जनताको, सबै दलको र सबै राजनीतिकर्मीको समान भूमिका छ। यस्तोमा कुनै एक दलका मुखियालाई प्रमुख बनाएर कार्यक्रम गर्दा हामीलाई मान्य भएन्,' लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले भनिन्, 'आजको कार्यक्रममा कुनै समन्वय नै भएन। यो कुनै दलको कार्यक्रम नभइ प्रदेश सरकारको कार्यक्रम थियो। यसलाई दलीय भावनाले मनाउन लागेपछि हामी साइड भएका हौं।’

यता, मधेस प्रदेश सरकारले एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरूबारे मुख्यमन्त्री यादवले सार्वजनिकीकरण गर्ने क्रममा पनि जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रर्दशन गरी कार्यक्रममा अवरोध सिर्जना गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.