वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द

वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द
सुन्नुहोस्

वीरगन्ज : चिसोका कारण वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द भएका छन्। हुस्सु लाग्नुका साथै घाम पनि लाग्न छाडेपछि चिसो बढेको र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सोमबारदेखि आठ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

आइतबार बसेको महानगरको शिक्षा समितिको बैठकले सोमबारदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए। तर परीक्षा चलिरहेका केही संस्थागत विद्यालयहरूको हकमा भने परीक्षा नियमित राख्न अनुरोध गरिएको राउतले बताए।

पर्साकै बहुदरमाई नगरपालिकाले पनि चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका मेयर सिंगासन सा तेलीले आइतबार जारी गरेको सार्वजनिक सूचनामा बढ्दो जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले सोमबारदेखि पुष २६ गते बिहीबारसम्मका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको उल्लेख छ।

मौसम अनुकुल भए शुक्रबारदेखि पठनपाठन नियमित सञ्चालन आउने मेयर साहले बताएका छन्।

     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.