मस्तिष्क पक्षघात भएका बालबालिकाहरूका लागि यातायात सेवा सञ्चालन

मस्तिष्क पक्षघात भएका बालबालिकाहरूका लागि यातायात सेवा सञ्चालन
सुन्नुहोस्

तानसेन : विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरूका लागि डे केयरसम्म आउन जानका लागि यातायात सेवा सञ्चालन भएको छ। 

यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे। नगर प्रमुख श्रेष्ठले फरक क्षमता भएका बालबालिकाहरूलाई सबै पक्षबाट सहयोग जरुरी रहेको र सहयोग गर्दा पुन्य प्राप्ति हुने बताए। 

नगरपालिकाले यस्ता बालबालिकाहरूलाई विगत देखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। ७ किलोमिटर टाढादेखि दैनिक हिँडेर डे केयरसम्म आउने गरेका मस्तिष्क पक्षघातका बालबालिकाहरू अबका दिनमा यातायात साधनमै बसेर आउने भएका छन्। 

मस्तिष्क पक्षघात स्वावलम्वन समूह काठमाडौंको मुख्य सहयोगमा र सिविआर पाल्पाको संयोजनमा विगत ६ वर्ष देखि तानसेनमा डे केयर सञ्चालन हुँदै आएको छ। मस्तिष्क पक्षघात भएका बालबालिकाहरू दैनिक रुपमा शारीरिक रुपमा फिजियोथेरापी, दैनिक पठन पाठन, खेल्दै सिक्दै, दैनिक रुपमा प्रयोग हुने जीवन उपयोगी सिपहरू सिक्न, डे केयर पुग्ने गरेका छन्। 

मस्तिष्क पक्षघात केही बालबालिकाहरू लठ्ठीको सहायतामा डे केयर पुग्ने गरेका छन भने केही बालबालिकाहरू अभिभावकको सहायतामा डे केयरमा लैजाने गरिएको छ। डे केयरमा आउने मस्तिष्क पक्षघातका बालबालिकाहरू दिनभरी नै फिजियोदेखि खाने बस्ने र खेल्ने व्यवस्था मिलाइएको डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताए। 

यातायातका लागि तानसेन नगरपालिका-२, तिमिसँग आन्विका सहयोग कार्यक्रम, मस्तिष्क पक्षघात स्वावलम्वन समूह काठमाडौं, सुमेत रत्न बज्राचार्य जर्मनी, नरेश प्रसाद प्रधान अमेरिका, पाल्पा सिविआर, श्रीनगर यातायात सेवा कम्पनी प्रालि लगायतको सहयोग रहेको छ। 

सहयोग विस्तार भएमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरू डे केयरमा बढाउने योजना रहेको कार्यक्रम संयोजक गहतराजले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.