मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

बुटवल : सडकमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलबाट खटेको प्रहरी टोलीले बुटवलबाट मोटरसाइकल चोरी गर्ने कपिलवस्तुका दुई युवालाई पक्राउ गरेको हो।

बुद्धभूमी नगरपालिका-१० कपिलवस्तुका २५ वर्षीय हफिज खान र सोही ठाउँका १८ वर्षीय अब्बु बकर मुसलमान पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पक्राउ परेका युवाहरूले बुटवल उपमहानगरपालिका-९ राज्यलक्ष्मी पथबाट लु १९ प १२३५ नम्बर र लुम्बिनी प्रादेशिक अस्पतालको गेट बाहिर पार्किङ गरी राखेको लु ६७ प १६०७ नम्बरको मोटरसाइकल चोरी गरेका थिए। 

प्रहरीले युवासहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवाहरूलाई चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.