...अनि फेरियो विद्यालयको मुहार

...अनि फेरियो विद्यालयको मुहार
सुन्नुहोस्

बिजलपुरा : तीन वर्षअघि स्कुल जर्जर थियो। अहिले त हराभरा बन्दै गएको छ। भत्ताभुङ र लथालिङ स्कुलको नाम लिँदा राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लालाई उदाहरण दिइन्थ्यो । तर, अब यो स्कुलले आफ्नो पुरानो अनुहार फेरेको छ। 

महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित यो स्कुललाई बिहीबार मात्रै ‘हरित विद्यालय’ निर्माण अभियान अन्तर्गत होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले विभिन्न जातका १२ सय बिरुवा प्रदान गरेको छ। विद्यालयका ६ सय बढी विद्यार्थीहरू सहभागी भएर बिरुवा रोपेका थिए। जनस्तरबाट सहयोग संकलन गरेर तीन वर्षअघि जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले यहाँ बालउद्यान तथा गार्डेन निर्माण थालेको थियो। अभियानको सुरुवाती चरणमा पनि होटल तथा पर्यटन व्यवसायीहरूले सहयोग गरेका थिए। गार्डेनका लागि सबै संरचना तयार भएर केही खण्डमा वृक्षरोपण गर्न बाँकी थियो। दुई वर्षदेखि विद्यालयले विरुवाका लागि दाता गुहार्दै आएको थियो। 

मन्दीको मारमा व्यवसायी परेका बेला पानि स्कुलको आवश्यकता बारे थाहा पाएपछि मनकारी युवा उद्यमीहरूले १२ सय बिरुवा प्रदान गरेका हुन्। विद्यालय परिवार, होटल व्यवसायी र महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले संयुक्त रूपमा एक समारोहबीच स्कूलमा वृक्षरोपण गरे। 

अन्नपूर्णकर्मी राजकरण महतोको परिकल्पनामा थालिएको मुठ्ठीदान अभियानबाट हालसम्म नगद र जिन्सी गरेर झन्डै ५५ लाख जुटिसकेको छ। अझै काम जारी छ। कोरोना महामारीका समयमा विद्यालय रूपान्तरण अभियान थालिएको थियो।

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले जनसहयोगी युवा सञ्जाललाई विद्यालय रूपान्तरण अभियान चलाएर राम्रो काम गरेको भन्दै विद्यालयको भौतिक विकासका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। ‘विद्यालयको अधुरा भवन बजेट ल्याएर पुरा गर्छौं। जीर्ण भवन हटाएर सुविधासम्पन्न बनाउँछौं’, उनले भने । 

नेपाल रेडक्रस सोसाईटी उप–शाखाका कार्यालय बर्दिबासका सभापति सुदीप कार्कीले विद्यालयमा छिट्टै जुनियर रेडक्रस गठन गर्ने बताए। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले विद्यालयको आवश्यकतामा निरन्तर सयहोग गर्ने बताए। 

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले विद्यालयले माघ ५ गते स्वर्णजयन्ती मनाउने तयारीमा जुटेको खबरले उत्साहित बनाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.