नाम मात्रैको विद्यालय

नाम मात्रैको विद्यालय
सुन्नुहोस्

रौतहट : जिल्लाको राजदेवी नगरपालिका-५ रहेको जनभावना प्राथमिक विद्यालयमा आवश्यक भौतिक संरचना नहुँदा पठनपाठन प्रभावित हुँदै आएको छ। विद्यालय भवन तथा भौतिक संरचनाको अभावमा विद्यार्थीले सास्ती खेपिरहेका छन्। 

विद्यालयको फुसको छाप्रोमा एउटै कोठाभित्र दुईवटा कक्षाका विद्यार्थी पढ्दै आएका छन्। २०६४ सालमा स्थापना भएको विद्यालयमा ३ जना शिक्षक शिक्षिकाले कार्यरत छन्। ४ र ५ एक ठाउँमा, २ र ३ एकै ठाउँमा र शिशु कक्षा र १ कक्षा एकै ठाउँमा छ। कार्यालयको सामग्री कक्षाकोठाको एउटा कुनामा राखिएको छ। 

विद्यालयको भौतिक अवस्था राम्रो नहुँदा पठनपाठन गराउन निकै कठिन भएको शिक्षिका प्रमिला कुमारी साहले बताइन्। विद्यालयमा एकसय १० जना विद्यार्थी भर्ना भए तापनि दैनिक ६० देखि ६५ जना नियमित उपस्थित हुने गरेका छन्।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.