थमन विक हत्या प्रकरण, लोसपाका चार नेतालाई जन्मकैदको फैसला

थमन विक हत्या प्रकरण, लोसपाका चार नेतालाई जन्मकैदको फैसला
लोसपाका केन्द्रीय उपाध्यक्ष सुरेश पाण्डे, महासचिव अभिराम शर्मा, केन्द्रीय सदस्य रामाशंकर मिश्र र महोत्तरी जिल्ला सदस्य मोहन ठाकुर।
सुन्नुहोस्

काठमाडौं : सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का केन्द्रीय उपाध्य, महासचिव, केन्द्रीय सदस्यसहित चार जना नेतालाई जन्मकैदको फैसला सुनाएको छ। शसस्त्र प्रहरीका असई विकको हत्या घटनामा लोसपाका केन्द्रीय उपाध्यक्ष सुरेश पाण्डे, महासचिव अभिराम शर्मा, केन्द्रीय सदस्य रामाशंकर मिश्र र महोत्तरी जिल्ला सदस्य मोहन ठाकुरलाई जन्मकैदको फैसला सुनाएको हो।

नेता शर्मा मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता हुन्। केन्द्रीय सदस्य मिश्र जलेश्वर नगरपालिका पूर्व मेयर समेत हुन्। यसै घटनामा अदालतले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद् लक्ष्मी महतो र अर्का पवन कापरलाई सफाई दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले बताइन्।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यसै प्रकरणमा अन्य प्रदीप साह, सञ्जयकुमार साह, र जनता समाजवादी पार्टीका नेता धर्मेन्द्र रायलाई पनि कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले दोषी ठहर गर्दै सोही कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर १३(३) बमोजिम जन्मकैद सजाय श्रेस्तेदार सुनाएको झाले बताइन्। अन्य आरोपितको हकमा मुल्तवीमा राखिएको छ।

एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जना जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा २०७२ फागुन २७ गते दर्ता भएको थियो।
सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर ७ वर्षदेखि जिल्ला कारागार जलेश्वरमा छन्। प्रतिनिधिसाभा सदस्य कोइरी, ठाकुर तारेख गुजारी फरार थिए। लोसपा उपाध्यक्ष पाण्डे, महासचिव शर्मा, केन्द्रीय सदस्य मिश्र र जसपा नेता राय सधारण तारिखमा थिए।

अदालतले राजनीतिक मुद्दामा पुर्वाग्रही फैसला गरको लोसपाका महासचिव हरिप्रसाद मण्डलले बताए। उनले भने, ‘अदालतको फैसलाविरुद्ध जनप्रदर्शन गरेर विरोध गर्छौं। कानुनी उपचारका लागि जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालततमा पुर्ननावेदन गर्छौं।’

लोसपाका सचिव मनिष मिश्रले थम विक हत्या प्रकरण राजनीति मुद्दा भएकोले यसको समाधान राजनीतिक तहबाट हुनु पर्ने बताए। पार्टी अध्यक्ष महन्थ ठाकुर रहाल मधेशमा रहेकाले काठमाडौं आउनेबित्तिकै यसबारैमा थप धारण सर्वाजनिक गरिने बताए।‘अदालतले जुन तरिकाले निर्णय गरेको छ त्यो पूर्वाग्रही छ। यो राजनीतिक मुद्दा हो। यसलाई राजनीतिकरुपमा समाधान गर्नु पर्छ। यो अन्यायपूर्ण फैसला हो ’,  उनले भने, ‘यसले अदालतको विश्वासनियता माथि प्रश्न उठेको छ।’

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते मधेशी मोर्चाका कार्यकर्ताहरुले सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई निर्मम हत्या गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको कुटाईबाट घाइते विकलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍याएको थियो। थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लाँदै गर्दा सनोखडास्थित एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.