शोकमा परेकालाई थप पीडा दिनेगरी तस्बिर र भीडीयो सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

शोकमा परेकालाई थप पीडा दिनेगरी तस्बिर र भीडीयो सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह
सुन्नुहोस्

काठमाडौं : प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै युट्युबलगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका वीभत्स दृश्य तथा तस्बिरसहित सार्वजनिक गरेकोमा आपत्ती जनाएको हो।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको विभत्स दृश्य तथा तस्बिरहरू सम्प्रेषण नगर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,'को पहिला हुने, होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी,मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न,नगराउन भनिएको छ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम,सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ,'विज्ञप्तिमा उल्लेख  छ।

शुक्रबार राती जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्द्र बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्बाट  भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त समेत गरेको छ 

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु र करिब दुई सयजना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले भूकम्पमा निधन भएकाको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.