विश्वकप एसिया छनोट फाइनल : नेपाललाई पहिलो सफलता, सोमपाल कामीले लिए विकेट
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्।
२.६ ओभरमा कामीले ओमानका प्रतिक अथवालेलाई आउट गराएका हुन्। अथवाले ७ रन बनाएर आउट भए।
६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
अहिले ओमान ३ ओभरको समाप्तिमा २७ रन बनाएर खेलिरहेको छ।
निर्धारित ओभरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए। नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।
त्यस अगाडि गुल्शन झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए।
त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे। सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालको टीम : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।