नेपाललाई चौथो सफलता, सोमपालले लिए ओमानको विकेट

नेपाललाई चौथो सफलता, सोमपालले लिए ओमानको विकेट
तस्बिर : क्यान

ओमानविरुद्ध २ विकेट लिएसँगै कामीले टि-२० आईमा ५० औं विकेट पूरा गरेका छन्।

काठमाडौं : आईसीसी टि - २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले चौथो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले ओमानको चौथो विकेट लिएका हुन्। ओमानविरुद्ध २ विकेट लिएसँगै कामीले टि-२० आईमा ५० औं विकेट पूरा गरेका छन्।

नेपालका लागि कामीले ५.४ ओभरको खेलमा शोएब खानलाई आउट गराए। उनी ओमानका लागि शून्य रन बनाएर आउट भए। कामीको यो व्यक्तिगत दोस्रो विकेट हो। यस अगाडि उनले ३.१ ओभरको खेलमा अकिब इलियासलाई आउट गराएका थिए। उनले ६ बलमा २ रन मात्र बनाउन सके।

यस अगाडि गुल्सन झाले ४.६ ओभरको खेलमा प्रतिक अथावलेलाई आउट गराएका छन्। झाको बलमा प्रतिकलाई कप्तान रोहित पौडेलले क्याच आउट गराएका हुन्। उनले १८ बलमा २४ रन बनाउन सके। 

 यसैगरी करण केसीले पहिलो ओभरमै पहिलो विकेट लिएका थिए। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर वेलियनमा फर्किए। 

कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।  समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ। 

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.