पर्यटकको स्वागत तथा सत्कारमा व्यस्त

सोलुका पर्यटन व्यवसायीलाई दसैंले छोएन

सोलुका पर्यटन व्यवसायीलाई दसैंले छोएन

साथै खुम्बु क्षेत्रका होटल व्यवसायीलाई पनि यतिखेर भ्याईनभ्याई भएको छ । सिजनमा पर्यटकको चाप उच्च हुने भएकाले उनीहरु चाडपर्वभन्दा पर्यटकको स्वागत तथा सत्कारमा व्यस्त हुने गरेको लुक्लाका अमृत मगरले बताए ।

सोलुखुम्बु : काम विशेषले आफन्तसँग टाढिएर सहर बजार तथा विदेशिएका व्यक्तिहरूलाई घर फर्काउने गतिलो माध्यम दसैं हो । तर, हिमाली जिल्ला सोलुखुम्बुमा पर्यटन व्यवसाय गर्नेहरुलाई भने यतिखेर चाडबाडको भन्दा बढी रौनक पर्यटय सिजनको रहेको लोदिङका वीरबहादुर मगरले बताए ।

खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरु भएकाले चाडपर्वलाई समेत वास्ता नगरी ट्रेकिङमा निस्किनुपरेको थुलुङ दुधकोशी गाउँपालिका- ८ देउसाका पासाङ तामाङको भनाइ छ । चाडपर्व भन्ने वित्तिकै नातागोता, आफन्त एक आपसमा भेटघाट हुने, भलाकुसारी गर्ने र आत्मीयता साट्ने मान्यता नेपाली समाजमा छ । अझ त्यसमाथि पनि दसैंजस्ता ठूला चाडहरूको विषेशता झनै पृथक छ । तर, पर्यटन क्षेत्रका मजदुर भने बाध्यताका कारण चाडपर्वमा घर छोड्नुपरेको बताउँछन् । 

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बुक्षेत्रमा ‘पर्यटकीय मौसम’को मध्य सिजन भएको छ । असोजदेखि मंसिरसम्म यहाँ पर्यटकीय सिजन मानिन्छ । जसले गर्दा यहाँका ट्रेकिङ व्यवसायीहरू दसैं तिहारजस्ता चाडपर्वलाई दोस्रो प्राथमिकतामा राख्दै ट्रेकिङमै होमिएको स्काई वेए नेपाल ट्रेक्स् प्रालिका सञ्चालक सोलुखुम्बुका बलबहादुर दर्नालले बताउँछन्। 

वर्षमा एकपटक आउने दसैंजस्ता चाडपर्वमा परिवारसँगै मनाउने मन हुँदाहुँदै पनि बाध्यताले यहाँका पर्यटन व्यवसायी युवालाई टाढा बनाएको छ । अन्य क्षेत्रमा काम गर्नेहरुका लागि दुसैं तिहारजस्ता चाडपर्वहरु आफन्त भेटघाट गर्ने तथा रमाइलो गर्ने गतिलो माध्यम भएपनि यहाँका पर्यटन व्यवसायीहरू भने त्यहि समयमा कर्ममा रमाउनुपर्ने बाध्यतामा छन् । 

अन्य भरपर्दो रोजगार नहुँदा सिजनमा ट्रेकिङ गर्ने र अफ सिजनमा गाउँ घरमा समय विताउनु यहाँका पर्यटन मजदुरको बाध्यता हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार खुम्बुमा दैनिक सयौंको संख्यामा पर्यटकहरु भित्रिरहेका छन् ।

अहिले मौसम समेत अनुकूल भएकाले विमान तथा हेलिकोप्टरको माध्यमबाट धमाधम विदेशी पर्यटकहरू सगरमाथा क्षेत्र प्रवेश गरिहेका छन् । कतिपय पर्यटकहरू भने जीपमार्फत काठमाडौंबाट सल्लेरीहुँदै खुम्बु भ्रमणमा जाने गरेको यातयात व्यवसायी राम बहादुर विश्वकर्माले बताए । 

अहिले सल्लेरीबाट थामडाँडासम्म सिधा जीप सेवा सञ्चालन भइरहेकाले दैनिक सयौंको हाराहारीमा विदेशीहरु बोलेरोमार्फत खुम्बु जाने गरेको उनको भनाइ छ । पर्यटकहरु भित्रिएसँगै उनीहरुको सहयोगी, भरिया तथा गाइडको रुपमा यहाँका पर्यटन व्यवसायी युवाहरु व्यस्त छन् । 

साथै खुम्बु क्षेत्रका होटल व्यवसायीलाई पनि यतिखेर भ्याईनभ्याई भएको छ । सिजनमा पर्यटकको चाप उच्च हुने भएकाले उनीहरु चाडपर्वभन्दा पर्यटकको स्वागत तथा सत्कारमा व्यस्त हुने गरेको लुक्लाका अमृत मगरले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.