इलाममा चाडपर्वका लागि ८२५ सुरक्षाकर्मी परिचालन

इलाममा चाडपर्वका लागि ८२५ सुरक्षाकर्मी परिचालन
सुन्नुहोस्

इलाम : इलाममा चाडपर्वलाई लक्षित गरेर थप सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति इलामको बैठकले आसन्न दसैं, तिहार, छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। 

उक्त सुरक्षा योजना अनुसार नेपाल प्रहरी तर्फ ५२८ जन शक्ति परिचालन हुने छन् भने परिपुरक जनशक्तिका रूपमा सशस्त्र प्रहरी बलका २९७ जनशक्ति गरी ८२५ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.