नेपालको नवौं विकेट क्षति, सोमपाल र सन्दीप आउट
काठमाडौं : एसिया कपमा भारतविरुद्ध नेपालको नवौं विकेट क्षति भएको छ। सोमपाल कामी ४८ रनमा आउट भएका छन् भने सन्दीप लामिछाने ९ रनमा आउट भएका हुन्। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए भने सन्दीपले १७ बलमा ९ रन बनाएका थिए।
यसअघि दीपेन्द्र सिंह ऐरी २९ रन, गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए।