ओछ्यानमै पुगेर उपचार

ओछ्यानमै पुगेर उपचार

इलाम : दल बहादुर तामाङ हल्ला गर्न रुचाउँदैनन्। तर, कर्ममा भने निक्कै चित्त लगाउँछन्। नेपाल प्रहरीमा दुई दशक बिताएपछि इलाम नगरपालिका-८ को वडाध्यक्ष बनेपछि उनकौ दैनिकी जनताको सेवामा नै बित्ने गरेको छ। 

उनी बिहान चार बजे उठ्छन्।नित्यकर्म गरेर ६ बजे त जनताको घरमा चिया खाँदै हुन्छन्। निर्वाचित भएदेखि नै उनको दैनिकी बिहानदेखि मध्यरातसम्म जनताकै घरआँगनमा हुने गरेको छ। 

स्थानीय भिमा लिम्बु भन्छिन् ‘समस्या परेका हरेक मान्छेको घरमा पहिले वडा अध्यक्ष नै पुग्नुहुन्छ, वडाले साच्चैको जनप्रतिनिधि पाएको छ।’

उनी मात्रै हैन उनीसँगै रहेका चार जना सदस्य पनि उनको साथमा छन्। सदस्य रुपेन खड्का भन्छन् ‘कहिलेकाहीं घर पुग्दा मध्यरात हुन्छ।'

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडा अध्यक्षलाई २९ प्रकारका सिफारिससहित विकास र नागरिकको सेवा सम्बन्धी विभिन्न अधिकारहरू प्रदान गरेको छ। 

प्रहरीमा जागिर खाएर रिटायर भएका तामाङ समयको शक्तिलाई राम्रोसँग बुझ्छन्। उनले सुनाए ‘हरेक दिन १० बजेदेखि एक बजेसम्म कार्यालयमै बसेर काम गर्छु।’ 

पाँच वर्ष जनताको सुख दुःखमा सँगै हुने प्रण गरेको बताउने उनले सुरुमा वडा अध्यक्ष हुन चासो राखेका थिएनन्। धेरैको आग्रहमा वडाध्यक्ष भएका उनले कार्यकालको केही समयमै नागरिकको हित सम्झेर काम गरेका छन्। 

पछिल्लो समय उनले आफ्नो वडाको एक हजार भन्दा बढी घरमा गएर गरिब, अशक्त, स्वास्थ्य संस्था पुग्न नसकेर  घरमै थला परेका नागरिकलाई भेटे। दीर्घ रोगले थला परेका नागरिकका लागि जिल्लामै पहिलो पटक घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान सुरु गरे। 

अभियानको पहिलो चरण शनिबार सम्पन्न हुँदा अशक्त, विपन्न, जेष्ठ नागरिक, स्वास्थ्यमा पहुँच नभएका नागरिकको १६७ घरमा पुगेर सेवा दिएको उनले बताए। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बिरामी भएको, बेवारिसे वा असाहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्र पुर्‍याउने जिम्मा वडा कार्यालयलाई दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.