भारत-अमेरिकाबीचको साझेदारीले दीगो विकासमा टेवा पुग्छ : नरेन्द्र मोदी

भारत-अमेरिकाबीचको साझेदारीले दीगो विकासमा टेवा पुग्छ : नरेन्द्र मोदी
सुन्नुहोस्

न्युयोर्क : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-अमेरिकाबीचको साझेदारीले दीगो विकासका निम्ति टेवा पुग्ने बताएका छन्।

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिए। 'विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ। एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ। त्यसैले मलाई विश्वास छ, भारत-अमेरिका साझेदारी दीगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ।'  

यसअघि बुधबार वाशिङ्टन डिसी पुगेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ। प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गरेका हुन्। सो अवसरमा उनीहरूले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गरेका थिए। 

प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौं शिक्षक पहिलेदेखि नै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.