दार्चुलाको मालिकार्जुन मावि कार्यसम्पादनमा अब्बल

दार्चुलाको मालिकार्जुन मावि कार्यसम्पादनमा अब्बल
सुन्नुहोस्

मावि धापमा साधारण र प्राविधिक दुबै धारतर्फ पठनपाठन हुँदै आएको छ। अझै भौतिक ब्यबस्थापनदेखि लिएर सबै कुरा हुन बाँकी छ। धेरै कुरा आफू छउन्जेलसम्म गर्ने प्रधानाध्यापक बुढाथोकीको भनाइछ।

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि धाप कार्यसम्पादन मूल्याङ्कनमा अब्बल बनेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन मावि धाप अब्बल देखिएको हो। 

मालिकार्जुन नमुना मावि धापले व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले उत्कृष्ट विद्यालयमा अटाएको मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्दरसिंह बुढाथोकीले बताए। शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट मावि धाप  देशकै उत्कृष्ट विद्यालय घोषणा भएको उनले बाताए। 

मावि धापमा साधारण र प्राविधिक दुबै धारतर्फ पठनपाठन हुँदै आएको छ। अझै भौतिक ब्यबस्थापनदेखि लिएर सबै कुरा हुन बाँकी छ। धेरै कुरा आफू छउन्जेलसम्म गर्ने प्रधानाध्यापक बुढाथोकीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.