पहिरोले पुरिँदा युवकको मृत्यु
नुवाकोट : नुवाकोट बेलकोटगढी नगरपालिका–२ नेवारटोलमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलकोटगढी–१२ घर भएका ३२ वर्षीय मनकुमार तामाङको मृत्यु भएको हो।
सडकको नाला सफा गर्ने क्रममा कच्ची सडक माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उनको शव उद्धार गरी पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।
मृतकको शव पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने नुवाकोट प्रहरीले जनाएको छ।