सर्वोच्चको आदेशसँगै तातियो मधेस: जनकपुरधाममा प्रदर्शनकारीमाथि प्रहरीको लाठी

सर्वोच्चको आदेशसँगै तातियो मधेस: जनकपुरधाममा प्रदर्शनकारीमाथि प्रहरीको लाठी
सुन्नुहोस्

जनकपुरधाम : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएपछि मधेस तातिएको छ।

सर्वोच्चको निर्णय विरुद्ध जनकपुरधाम सहित तराई मधेसभरि विरोध प्रदर्शन गरिएको छ। नागरिकताविहीन संघर्ष समिति नेपालले सर्वोच्चको निर्णयविरुद्ध आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने सोमबार बिहानैदेखि जिल्ला प्रशासन घेराउ गरेका थिए।

संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्जिनियर इन्द्रजित साफीको नेतृत्वमा पुगेको नागरिकताविहीन युवाहरूको एक समूहले सर्वोच्च अदालतको निर्णयविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

अध्यक्ष साफीले सोमबार बिहान ९ बजेदेखि मेचीदेखि महाकालीसम्म देशैभरका जिल्ला प्रशासन कार्यालय बन्द गर्ने चेतावनी दिएका थिए। सोही क्रममा समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गरेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ।

प्रहरीले गरेको लाठीचार्जबाट दर्जनभन्दा बढी आन्दोलनकारीहरू घाइते भएका छन्। लाठीचार्जपछि केहीबेरका लागि आन्दोलन साम्य भएपनि चर्को घाममा समितिका समूहले जिल्ला प्रशासन कार्यालय धनुषालाई घेराउ जारी राखेका थिए।

समितिका अध्यक्ष साफीले संविधानमा नभएको चिजलाई पनि सर्वोच्चले ब्यूँताएको जिकिर गर्दै साफीले अब यस देशमा सर्वोच्च पनि निष्पक्ष नरहेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.