काठमाडौं-तराई फास्ट ट्र्याक २०८३ भित्र सम्पन्न गर्ने सरकारको घोषणा

काठमाडौं-तराई फास्ट ट्र्याक २०८३ भित्र सम्पन्न गर्ने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौं : सरकारले काठमाडौं-तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विसं २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सकाइने जानकारी दिए।

उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी गराए।

त्यस्तै राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग, फ्लाई ओभर तथा अन्डर पाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै रणनीतिक तथा ब्यापारिक महत्वका सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने र त्यस्ता सडक खण्ड पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति रहेको राष्ट्रपति भौडेलको भनाइ छ।
 
त्यस्तै पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्ति गर्ने कार्यलाई निरन्तरता दिइने र आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडकसँग जोडिने नीति तथा कार्यक्रममा समेटिएको छ। महाकाली, कर्णालीलगायतका करिडोरको निर्माणलाई समेत सरकारले प्राथमिकतामा राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.