साहसिक पर्यटन प्याराग्लाइडिङ

साहसिक पर्यटन प्याराग्लाइडिङ
फाइल तस्बिर।
सुन्नुहोस्

साराङ्गकोटको डाँडाबाट उडेको प्याराग्लाइडिङ माच्छापुच्छे, अन्नपूर्ण, धौलागिरिको हिमशृंखला हेर्दै फेवातालको आँगनमा टेक्ने पुग्छ यो दृश्यले कस्लाई मोहित नबनाउला र ? बाह्य तथा आन्तरिक पर्यटकलाई उडौं–उडौं लाग्ने मात्रै होइन उढेपछि आनन्दको अनुभूति दिन्छ। यति मात्र होइन यसले देशलाई चिनाउने काम पनि गरेको छ। नेपालको आर्थिक विकास देशको समृद्धिका लागि पर्यटन क्षेत्रबाट प्याराग्लाइडिङ महत्वपूर्ण पाटो हो। प्याराग्लाइडिङ पोखराको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो। पोखराको आकाशमा सन् १९९९ बाट व्यावसायिक रूपमा पहिलो पटक सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएको थियो। 

पर्यटन व्यवसायी बिरु बमजन र बेलायतका नागरिक एडम हिलले सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ खेलका गतिविधि सुरु गरेका थिए। नेपाली पहिलो पाइलट राजेश बमजनले सञ्चालनमा ल्याएको  प्याराग्लाइडिङले नेपाललाई देश विदेशमा चिनाएको छ। उडने अनुभूतिका लागि मात्रै पनि कैयौं विदेशी नेपालमा आउँछन्। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईका अनुसार  अहिले पोखराका  ५४ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। देशको अर्थतन्त्र सुधारमा पर्यटनको महत्वपूर्ण भूमिका भनी रहँदा पर्यटनको एउटा पाटो प्याराग्लाइडिङ भएको उनी बताउछन्। 

उनका अनुसार पोखरामा नै व्यवसायी रुपमा प्याराग्लाइडिङ फस्टाएको छ। पोखराभन्दा बाहिर धरान काठमाडौंमा लगायत गरी १० वटा कम्पनी सञ्चालनमा छन्। नेपालमा पाइलट लाइसेन्स लिने करिव ३७५ छन्। २ सय ६० देखि ७० ले उडान भरेका छन्। प्याराग्लाइडिङ क्षेत्रमा करिब दुई अर्बको लगानी छ। करिब दुई हजारले रोजगारी पाएका व्यवसायीको दाबी छ। 

पोखरामा नयाँ विमानस्थल सञ्चालन आएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेकै स्थान प्याराग्लाइडिङ र अन्तर्राष्ट्रिय विमानस्थलको उडान हुन नसक्ने बताएपछि अन्यत्र सारिएको छ। 

अर्थतन्त्र र पर्यटनमा यसको भूमिका 

अध्यक्ष भट्टराईले प्याराग्लाइडिङमा क्यानको सहयोग रहे पनि पछिल्लो समय ठाउँ व्यवस्थापनमा समस्या आएको उनको भनाइ छ। 

निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार नेपालको पर्यटन चलायमान बनाउने मध्येको प्याराग्लाडिङ महत्वपूर्ण विधा हो। चाइना, बंगलादेश र फिलिपिन्सलगायतका देशहरूबाट प्याराग्लाइडिङ गर्न कै लागि पर्यटन पोखरा आउँछन्। विश्वका ५ उत्कृष्ट गन्तव्यमध्ये पोखरा तेस्रोमा पर्छ। पारदर्शी ढंगले वार्षिक करोडौं राजस्व तिर्ने गरेको उनको भनाइ छ। प्याराग्लाइडिङ कम्पनीहरूले संसारको आँखामा पर्ने गरेको पोखराको प्याराग्लाइडिङ सरकारको आँखामा पर्न नसकेको व्यवसायीहरूको गुनासो छ। पोखरा नयाँ एयरर्पोट सञ्चालन सँगै विस्पाति हुन अवस्थामा पुगेको यो व्यवसायलाई सरकारले ठाउँ तोके पनि नयाँ ठाउँ व्यवस्थापन गर्न सहयोग नगरेको गुनासो छ। 

नेपालमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडानको इतिहास साडे दुई दशक पुगेको छ। विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक छन्। प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्नुपर्ने देखिन्छ। नेपालमा साहसिक मनोरञ्जनात्मक खेलकुदमध्ये पर्यटकमाझ सर्वाधिक लोकप्रिय बनेको प्याराग्लाइडिङ उडानलाई कसरी थप व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ  भन्नेमा पोखराका व्यवसायीको चासो छ। नयाँ विमानस्थल बनेपछि हटाइएको सराङकोटबाट हुने उडान अहिले पोखराको मान्द्रेढुंगा र पामे क्षेत्रको आकाशका उडान भर्दै आएका छन्। 

८७ जना चिनियाँ पर्यटकले एकैपटक गरे प्याराग्लाइडिङ 

सराङकोटबाट उडान भएर फेवाताल किनारमा अवतरण हुँदै आएको प्याराग्लाइडिङ सराङकोटदेखि ५ किलोमिटर पर मान्द्रेढुंगामा सरेको छ। विमान चार्टर गरी नेपाल घुम्न आएका एक १८० जना चिनियाँ पर्यटकमध्ये मंगलबार ८७ जना चिनियाँ पर्यटकल गत मंगलबारे प्याराग्लाइडिङ गरेका थिए। प्याराग्लाइडिङकै लागि पनि चिनियाँ पर्यटक पोखरा आउने गरेको र प्याराग्लाइडिङ लगायत पर्यटन व्यवसाय फस्टाउने विश्वास रहेको  अध्यक्ष भट्टराईले बताए। कोभिडपछि पहिलोपटक यति ठूलो संख्यामा चिनियाँ पर्यटक पोखरामा आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.