रेसुंगा विमानस्थलबाट साप्ताहिक चार उडान हुने

रेसुंगा विमानस्थलबाट साप्ताहिक चार उडान हुने
सुन्नुहोस्

गुल्मी : गुल्मीको रेसुंगा विमानस्थलबाट थप उडान हुने भएको छ। पछिल्लो समय जिल्लामा यात्रुको चाप बढेसँगै साप्ताहिक चार उडान हुने नेपाल एयरलाइन्स रेसुंगा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

यस विमानस्थलबाट प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ। यो हप्तादेखि शनिबार थप गरी साप्ताहिक चार उडान हुने एयरलाइन्सले जनाएको छ। 

गुल्मीदेखि काठमाडौंका लागि सात हजार ८० रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडादर तोकिएको छ। जिल्लाबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सय बढी नागरिकले हवाई सेवा लिएको रेसुंगा विमानस्थलका स्टेसन प्रमुख थापाले बताए। 

हवाई सेवा लिनेहरूमा वृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिक रहेका छन्। गुल्मी हवाई यात्रामा जोडिएसँगै पछिल्लो समय जिल्लामा रहेका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटक भित्रन थालेका छन्। 

विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजले उडान गर्दै आएको छ। रेसुंगा विमानस्थलमा विमान उडानका लागि बिहानी समय उपयुक्त मानिएको छ। शुक्रबारदेखि नियमित उडानको खबरले गुल्मीबासीमा थप उत्साह छाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.