आमाको मुख हेर्ने पर्व, श्रद्धा भक्तिसाथ मनाइँदै (भिडियो)
मातृदेवो भव अर्थात् आमालाई देवता समान मान। यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीसँग गाँसिएको छ। मातातीर्थ औंसीका रूपमा वैशाख कृष्ण अमावश्यका दिनलाई मनाउने चलन छ।
आमाको महत्त्व एवं गरिमालाई सम्मान गर्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिनका रूपमा विशेष ढंगले मनाइन्छ। जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको महान् पर्व हो।
आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आमाप्रति सम्मान गर्दै गरिमा सम्झने दिन पनि हो।
प्रतिक्रिया दिनुहोस !
