उद्योग वाणिज्य महासंघ निर्वाचन

वरिष्ठ उपाध्यक्षको प्रतिष्पर्धाबाट रामचन्द्र संघई बाहिरिए, अञ्‍जन र उमेशलाल भीड्ने, २ बजेदेखि निर्वाचन

वरिष्ठ उपाध्यक्षको प्रतिष्पर्धाबाट रामचन्द्र संघई बाहिरिए, अञ्‍जन र उमेशलाल भीड्ने, २ बजेदेखि निर्वाचन

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।  दोस्रो चरणको निर्वाचनका लागि उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको छ । अर्का प्रतिष्पर्धी रामचन्द्र संघई प्रतिष्पर्धाबाट बाहिरिएका छन्। निर्वाचन आज दिउँसो २ बजेबाट सुरू हुनेछ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले दोस्रो चरणको मतदान बिहीबाहार दिउँसो हुने जानकारी दिएका छन्। जिल्ला नगरतर्फ १ सय १७ मत खसेकोमा सघंईले ३९ मत,उमेशलाल श्रेष्ठले २८ र अञ्जन श्रेष्ठले ४७ मत मात्रै प्राप्‍त गरे।

वस्तुगततर्फ खसेको कूल १ सय २३ मतमा सघंईले १२ मत,अञ्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत प्राप्त गरे। वस्तुगत तर्फबाट सर्वाधिक मत पाएसँगै उमेशलाल दोस्रो चरणमा जाने अवसर पाएका हुन् । सुरुको मत गणनामा उनी पछि परेका थिए । 

एसोसिएटतर्फ संघईले ६ सय १३ मत ल्याए । अञ्जनले ५ सय ७३ र उमेश श्रेष्ठले ४ सय २६ मत प्राप्त  गरे। वरिष्ठ उपाध्यक्षले जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएट ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मताभार कटाउनुपर्ने महासंघको विधानमा उल्लेख छ।

महासंघको इतिहासमा त्रिपक्षीय भिडन्त पहिलोपटक भएको हो । महासंघमा यसअघि दुई पक्षीयबीच मात्रै  चुनाव हुने गरेको थियो । श्रेष्ठद्वय प्रतिष्पर्धा हुँदा संघई पक्षले कता भोट हाल्छ भन्ने विषयले नेपाल प्रज्ञा प्रतिष्ठान तातेको छ ।

 सुरूमा अग्रता लिइरहेका संघइ विधानअनुसार मतभार नकटेपछि बाहिरिएका हुन् । निर्वाचनमा १ हजार ९ सय ८८ मतदाता छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.