राजनीतिमुक्त शिक्षा

अभिभावकले शिक्षकहरूसँग पनि कुरा गर्नुपर्छ। स्कुलका सुविधा र पूर्वाधारहरूको अवलोकन गर्नुपर्छ।
बालबालिकाका लागि विद्यालय खोज्दा के के कुरामा ध्यान दिनुपर्छ ?
हरेक अभिभावकले आफ्ना बालबालिकाका लागि विद्यालय छनोट गर्नुअघि स्कुलहरूको बारेमा अनुसन्धान गर्नु जरुरी हुन्छ। विद्यालयको शैक्षिक प्रतिष्ठा, शिक्षण गुणस्तर, अतिरिक्त क्रियाकलापहरूमा ध्यान दिनुपर्छ। यसका साथै विद्यालयको आन्तरिक र बाह्य प्रतिष्ठा, विद्यालयमा सुरक्षाको अवस्था, स्कुल वरिपरिको वातावरण, स्कुलको शुल्क, यातायातजस्ता विषयमा पनि ध्यान दिनुपर्छ। बेलाबेलामा विद्यालयको आन्तरिक वातावरण बुझ्न बेलाबेलामा विद्यालयको भ्रमण गर्नु जरुरी हुन्छ। त्यस्तै गरेर आफ्ना बालबालिकालाई पढाउने शिक्षकहरूसँग पनि कुराहरू गर्ने बानी गर्नुपर्छ। स्कुलले दिइरहेको सुविधा र पूर्वाधारहरूको पनि अवलोकन गर्नुपर्छ।
अतिरिक्त क्रियाकलापले बालविकासमा कसरी मद्दत गर्छ ?
अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा मद्दत गर्छन्। यी गतिविधिहरूले बच्चाहरूलाई उनीहरूका रुचिहरू अन्वेषण गर्न तथा नयाँ सीपहरू विकास गर्न र आत्मविश्वास प्राप्त गर्ने अवसरहरू प्रदान गर्छन्। अतिरिक्त क्रियाकलापले शारीरिक तन्दुरुस्ती, सामाजिक अन्तरक्रिया र टोलीमा गरिने कार्यलाई पनि प्रवद्र्धन गर्दछ। अतिरिक्त क्रियाकलाप (ईसीए)हरूमा सहभागिताले बालबालिकाको समय व्यवस्थापन, टोलीमा काम गर्ने बानीहरू र समस्याको समाधान गर्ने सीपहरू सुधार गरेर उनीहरूको शैक्षिक कार्यसम्पादन पनि बढाउँछ।
विद्यार्थीलाई अध्ययनमा कसरी प्रोत्साहन गर्न सकिन्छ ?
घर र स्कुलमा सकारात्मक वातावरण सिर्जना गरेर बिद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न सकिन्छ। शिक्षक र परिवार दुवैबाट विद्यार्थीको उपलब्धि र प्रयासहरूको समयसमयमा प्रशंसा गर्नुपर्छ। उनीहरूलाई जहिले पनि सकारात्मक वातावरण दिनुपर्छ। यथार्थपरक लक्ष्यहरूको लागि तालिका बनाइयो भने विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र पढाइमा केन्द्रित हुन मद्दत गर्छ। अन्तरक्रियात्मक र आकर्षक पाठहरूजस्ता रचनात्मक शिक्षणका प्रविधिहरू प्रयोग गर्दा विद्यार्थीलाई अध्ययनमा रुचि बढ्ने र त्यो कार्यमा संलग्न रहन मद्दत गर्न सक्छ।
बालविकासका लागि परिवारको भूमिका के कस्तो हुनुपर्छ ?
बालबालिकाको विकासमा परिवारको धेरै महŒवपूर्ण भूमिका हुन्छ। आमाबुवाका साथै सम्पूर्ण परिवारले सकारात्मक मूल्य र व्यवहारहरूलाई प्रोत्साहन गर्ने वातावरणको सिर्जना गर्न सक्छन्। आमाबाबुले आफ्ना बालबालिकालाई सकारात्मक व्यवहार, इमान्दारिता र आदरसत्कार सिकाउनुपर्छ। यसका साथै विश्वलाई सकारात्मक दृष्टिकोणले हेर्नेबारे पनि शिक्षादीक्षा दिनुपर्छ।
नेपाली बालबालिकाले विद्यालयमा के कस्ता समस्या व्यहोर्ने गरेका छन् ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
विद्यालयमा बालबालिकाहरूले सामना गर्ने सामान्य समस्याहरूमा अपर्याप्त स्रोतसाधन, दक्ष शिक्षकको अभाव, भाषिक अवरोध र नयाँ प्रविधिमा सीमित पहुँच हुन्। यी समस्याहरूलाई सम्बोधन गर्न सरकार र शैक्षिक संस्थाले आफ्नो शिक्षकहरूलाई शैक्षिक तथा प्रविधि तालिम दिनुपर्छ। शिक्षामा लगानीलाई प्राथमिकता दिनुपर्छ। स्थानीय भाषा बोल्नेहरूका लागि उनीहरूको भाषालाई सहयोग गर्ने र समावेशी शिक्षा नीतिहरू लागू गर्नाले सबै विद्यार्थीलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्न मद्दत गर्छ। शिक्षामा अभिभावक र समुदायलाई संलग्न गर्न सक्यौं भने बालबालिकाका लागि थप सहयोगी र प्रभावकारी वातावरण सिर्जना गर्न सक्छ। अर्को महŒवपूर्ण पक्ष भनेको अहिलेको नकारात्मक राजनीतिबाट शिक्षालाई मुक्त गराउनु पर्छ।
प्रतिक्रिया दिनुहोस !
