पाल्पाली ढाकामा सजिए ओली दम्पती
तानसेन : पूर्व प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शीरमा पाल्पाली ढाका टोपी, शरीमा ढाकाको कोट लगाएपछि स्वरुप नै परिवर्तन भयो।
मिसन ग्रासरुटको क्रममा जिल्लाका अगुवा कार्यकर्ता लाई सम्बोधन गर्न पाल्पाको मदन पोखरा दमकडामा पुगेका एमाले अध्यक्ष ओलीलाई एमाले जिल्ला कमिटी पाल्पाले ढाका टोपी, ढाकाको कोट र दुवोको मालाले स्वरुप नै परिवर्त गरिदियो। एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई ढाकाको पछ्यौरा र दुवोको मालाले सम्मान भयो। एमाले अध्यक्ष ओलीले पाल्पाली ढाका टोपी मिलाई मिलाई लगाए। ढाकाको टोपी र कोटको साथमा एमाले अध्यक्ष ओली दुलाहा झैँ र पत्नी राधिका दुलही झैँ देखिइन्। मञ्च तथा दर्शकबाट ओली बा-आमालाई लाई पाल्पाली ढाका नै सुहायो, दुलाहा दुलहीभन्दा कम देखिएन भन्ने चर्चा चल्यो।
पछिल्लो समयमा पाल्पामा परम्परागत सिप कलाको प्रयोग गर्दै हातले बुनेका ढाका चलन चल्तीमा आएको छ। अध्यक्ष ओली दम्पत्ती लाई पौड्याल ढाका कपडा उधोगका प्रोपाइटर मनोज पौडेलले हातले बुनेको टोपी र पछ्यौरा उपहार प्रदान गर्दै मेशिन र हातको प्रयोग बाट निर्माण हुने ढाका कपडाको फरक बारे जानकारी गराए। उधोगी पौडेल संग अध्यक्ष ओलीले पाल्पाली ढाका टोपी विगत लामो समय देखी प्रयोग गर्दै आएको भएपनि हातले बुनेको टोपीको गुणस्तर, कलर, डिजाईन आफुलाई मन परेको बताए। अध्यक्ष ओली पाल्पाली ढाकाको पछिल्लो अवस्था, कामदार तथा कच्चा सामाग्रीको अवस्थाबारे जानकारी लिएको उधोगी पौडेलले बताए।
प्रेमको प्रतिक रानीमहल घुमघामको क्रममा पनि एमाले अध्यक्ष ओलीले पाल्पाली ढाका टोपी र कोटकै पहिरनमा पुगे। रानीमहलमा पुगेपछि बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले एमाले अध्यक्ष ओलीलाई पाल्पाली ढाका टोपी र पत्नी राधीका लाई ढाकाको पछ्यौरा बाट सम्मान गरिन्।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले रानीमहल परिसरमा पाल्पाली ढाका कपडाले एमाले अध्यक्ष ओली दम्पतीलाई सम्मान गरे। पाल्पाली ढाका कपडाबाट पाएको सम्मान स्वदेशी उधोगको सम्मान भएको एमाले अध्यक्ष ओलीले बताए। यस्ता उधोगहरु लाई चलायमान बनाउनु पर्नेमा अध्यक्ष ओलीको जोड रहेको छ । अध्यक्ष ओलीले निरन्तर रुपमा पाल्पाली ढाका टोपी लगाउदै आएको बताए।
२०१५ सालमा स्व. गणेशमान महर्जनले तानसेनमा पाल्पाली ढाका कपडा उधोग संचालन गरेका हुन्। हालः पाल्पामा करिब १२ वटा उद्योगहरू दर्ता भई सञ्चालनमा आएका छन् भने करिब ५ सयभन्दा बढीले रोजगारी पाएका छन्।
ढाका कपडाको बजार बढेसंगै गाउँपालिका र घरेलु कार्यालय पाल्पाले तालिम दिई नयाँ उधोगीहरु उत्पादन गर्दै आएको छ। नेपाल सरकारले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस !
