उच्च जोखिममा रहेका मुलुकको सूचीबाट पाकिस्तानलाई हटाइयो

सुन्नुहोस्
Powered by
ONE
इस्लामाबाद : पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली संघ (ईयू)को उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाइएको बताएका छन्। यसको अर्थ दक्षिण एसियाली मुलुक पाकिस्तानका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उनले बताए।
'उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय पछि, युरोपेली कानुनी र आर्थिक व्यवसायीहरूले अब पाकिस्तानी व्यवसाय र व्यक्तिहरूलाई ‘जोखिमको कारण प्रतिबन्ध’को अधीनमा राख्ने छैनन्,' उनले भने।
उनले पूर्व प्रतिबन्धहरूले विगत केही वर्षहरूमा पाकिस्तानको अर्थव्यवस्था, निर्यातकहरू र व्यापारीहरूलाई क्षति पुर्याएको बताए।
पाकिस्तानलाई सन् २०१८ मा युरोपेली सङ्ले कमजोर सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषण प्रणालीका कारण यसको उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीमा समावेश गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
