पूर्ण सरकार दिन नसक्ने गठबनधनले मुलुकलाई निकास दिंदैन :  विष्णु पौडेल

पूर्ण सरकार दिन नसक्ने गठबनधनले मुलुकलाई निकास दिंदैन :  विष्णु पौडेल
पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेल। तस्बिर : बिस्नप्रसाद न्यौपाने।
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीले विश्वासको मत पाएको धेरै समय हुँदा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका छन्। सुदुरपश्चिमका विभिन्न जिल्लामा पाटीको कार्यक्रममा सहभागी हुन सुर्खेत विमानस्थलमा आएका उपाध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। 

उनले पाटीले सुरुवात गरेको ग्रासुट अभियान प्रभावकारी भइरहेको बताउँदै उनले २०७९ सालको निर्वाचनमा कुनै पनि पाटीलाई जनताले बहुमत नदिंदा मुलुक थप समस्यामा फसेको बताए। उनले भने, 'निर्वाचनको नतिजाले एमालेलाई दोस्रो बनायो। नेपाली कांग्रेस पहिलो पाटी भयो। हामी प्रतिपक्षमा बस्ने तयारीमा थियौं। प्रतिपक्ष कस्तो हुन्छ भनेर देखाउने तयारीमा थियौं। तर तत्कालीन गठबन्धन सरकार बनाउन असफल भयो। त्यसैले मुलुकलाई सरकारविहीन भए पनि एमालेले अगुवाइ गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीसँग पद माग्न आएका थिए।'

उनले थपे, 'एमालेले पनि केही सर्तका साथ माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा समर्थन गरेका थियौं। हाम्रो समर्थनमा सरकार बनाएको भोलिपल्टदेखि नै पुरानो गठबन्धनसँग नजिक हुनुभयो। एमालेलाई धोका दिनुभयो। फेरी अहिले पुरानो गठबन्धन समस्यामा पर्ने अवस्था आएको छ।'

उनले यी सबै घटनाक्रम हेर्दा अहिलेको संसदको उपस्थितिले राजनीतिक स्थितरता कामय गर्न सकिने अवस्था नभएको उनले बताए। धेरै पाटीबाट उपप्रधानमन्त्री माग भएको र मन्त्री पनि बढी माग दाबी भएकाले सरकार गठनमा अहिलेको गठबन्धन चुकिरहेको आफूहरुले सुनेको उनले उल्लेख गरे।

सरकारलाई नै पूर्णता दिन नसक्ने गठबन्धनबाट जनताको समस्या हल गर्ने विस्वास  गर्न नसकिने उनले जनाए। उनले भने, ' यो सरकारले पदकै कारण वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र अन्य जनजीविकाका सवालहरु सम्बोधन गर्न सक्दैन। मुलुकको समृद्धि गर्न सक्दैन। खासमा यो सरकार मुलुकका राजनीतिक दलहरुले भन्दा पनि बाह्य शक्तिहरुको इसरामा बनेको सरकार हो। यसबाट मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षाको अपेक्षा गर्न सकिदैन।'

एमाले बिना मुलुकले निकास पाउँदैन

उनले नेकपा एमाले बिना मुलुकले निकास नपाउने बताए। 'नेकपा एमालेको एकल बहुमत सरकार बनाउनका लागि एमालेले अहिले ग्रासुट अभियान चालिरहेको छ। कुनै पनि निर्वाचनमा एमाले बाहेकका दलहरुले एकल बहुमत ल्याउन सक्ने आधार पनि छैन। अहिले जनताले गठबन्धनको तमासा हेरिरहेका छन्। हामीले पनि हेरिरहेका छौँ। हामी सदनमा सशक्त प्रतिपक्षको भूमीकामा हुन्छौँ,' उनले भने, 'रचनात्मक रुपमा सरकारलाई सहयोग गछौँ। आगामी निर्बाचनको तयारीमा जुट्छौँ। रेमिटेन्सको भरमा मुलुक चल्न सक्दैन। अहिलेको अवस्थामा सबै खाले आर्थिक सुचकहरु नकारात्मक अवस्थामा पुगिसकेका छन्। बिदेशी मुद्राको संचिति घट्दै गएको छ। मुलुकमा आयात र निर्यातमा पनि कमी आएको छ। यसले दीर्घकालीन रुपमा मुलुक संकटमा जाने अवस्थामा पुगेको छ। मुलुकको आन्तरिक राजस्वले साधारण खर्च पनि नधान्ने अवस्थामा पुगेका छौँ। यो त झन जटिल समस्या हो।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.