भिरबाट लडेर युवकको मृत्यु

सुन्नुहोस्
Powered by
ONE
सोलुखुम्बु : भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ।
शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए।
कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
