पालिकास्तरीय कृषि प्रदर्शनीमा ६० किसान पुरस्कृत

पालिकास्तरीय कृषि प्रदर्शनीमा ६० किसान पुरस्कृत

स्याङ्जा :फेदिखोला गाउँपालिकाले पालिकास्तरीय दोस्रो कृषि प्रदर्शनी एव मेला आयोजना गरेको छ। कृषिमा व्यवसायिकरण गर्दै कृषकलाई उत्प्रेरणा सहित पुरस्कृत गर्ने उदेश्यले कृषि प्रर्दशनी एवं मेला आयोजना गरिएको हो। 

मेलामा १ सय ४८ कृषक,कृषक समूह र एकीकृत कृषि तथा पशुपन्छी फर्मले सहभागिता जनाएका थिए। तीमध्ये ६० जनालाई पुरस्कृत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।

किसान किसानबीच कृषिसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्दै कृषिमा उत्पादकत्व बढाउन सकिने भएकाले मेला आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ।  

मेलामा फलफूल, तरकारी र सागसब्जी, जरा तथा कन्दमूल समूह,मसलावाली,लहरेबाली,नगदेबाली, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर, गाइभैँसी,पंक्षी समूह,गड्यौला मल उत्पादन गरी १२ विभिन्न विधामा प्रतिष्पर्धा भएको थियो।

प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्ठ प्रथम,द्वितीय,तृतीय र सान्वना हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत एवं सम्मान गरिएको थियो।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रमेश विक,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पुरुषोत्तम कोइराला लगायतको कृषि तथा पशु विज्ञ टोलीले स्थलगत फर्म तथा प्रर्दशनी स्टलको अनुगमन एवम् मुल्यांकन गरेर नतिजा प्रकाशन गरेको पालिकाका उपाध्यक्ष चीजाकुमारी गुरुङ्ले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.