घुम्‍न जाने होइन त 'गुर्धम' ?

घुम्‍न जाने होइन त 'गुर्धम' ?

 स्याङ्जा : स्याङ्जाको गुर्धम पर्यटकको रोजाईंमा परेको छ। फेदिखोला गाउँपालिका- १ स्थित गुर्धम अत्यन्त मनमोहक र सुन्दर ठाउँ हो। 

यहाँबाट अन्नपूर्ण, धौलागिरी हिमालका हिमश्रृंखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ। जुनसुकै समयमा पनि हिमालका विभिन्न रुपसँगै रमाउन पाइन्छ। नजिकै रहेको पोखराका विभिन्न सहर अनि हिमाल हेर्दै आनन्द लिंदै रमाउनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ।

युवायुवती, बालबालिकादेखि प्रौढसम्मका मानिसहरु यहाँ आउने गर्छन्। यो क्षेत्रमा भेटघाट, वनभोज, सांस्कृतिकलगायत विभिन्न सामाजिक एवं विविध कार्यक्रम गरिन्छ।

नजिकै रहेको मन्दिर र छेउमा रहेको प्रतिक्षालयले झनै यहाँको सौन्दर्यता बढाएको छ। राजमार्गदेखि नजिकै भएकाले होला यहाँ आउनेको भीड लाग्ने गर्छ। अहिले त झनै हिउँदको समय। फुर्सदिलो र पारिलो खोज्ने बेला यतिबेला दिनभर घाममा रमाउन र वनभोजका निम्ति आउनेहरुको घुइँचो लाग्ने गर्छ।

एकैपटक ३ वटा समूहले वनभोज खान र रमाउन मिल्ने वडा न. १ का अध्यक्ष अमृत क्षेत्रीले बताए। वनभोज खान र रमाउनेका लागि आवश्यकता अनुरुपका खुला चौर र पानीको व्यवस्था मिलाइएको छ। उनले भने, 'सुविधा भएर होला, हिजोआज त दिनकै १/२ वटा समूह वनभोजका लागि दिनुहँ आउने गर्छन्।'

स्याङ्जालगायत कास्की, तनहुँदेखि अन्त स्थानबाट पनि मानिस आउने गर्छन्। पोखरादेखि वनभोजका लागि आएकी सुनिता बरालले भनिन्, ‘पोखरा रमाइलो भनेको त, यहाँबाट त सप्पै पोखरा देखिदो रहेछ। दिनभर हिमाल आफ्नै आँखा अगाडि आएझैं भयो। अत्यन्त सुन्दर र सफा ठाउँ लाग्यो।’ 

उनका अनुसार, यहाँ आउने जो कोही पनि गोर्खा स्मारक र पर्यटकी गाउँ रामकोट पुग्न सक्छ। यी दुबै अत्यन्तै रमणीय स्थल हुन्। 

सिद्धार्थ राजमार्गबाट करिब २ किलोमीटरको दुरीमा गुध्र्रुम गाउँ पर्दछ। कुभिण्डेदेखि पूर्वतर्फ गएपछि गुधु्र्रम पुगिन्छ। गाउँले परिवेश। रमाइलो र सफा चिटिक्क पारिएका बस्ती। कोलाहल छैन। यहाँसम्म जान पक्की सडक छ। 

पर्यटकीय स्थलसहित वनभोज पार्कका संरक्षणको जिम्मा टोल सुधार समितिले लिएको छ।  स्थल निर्माणका लागि फेदिखोला गाउँपालिकाको सहयोग रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.