विदेशबाट फर्किएकाको सीप प्रमाणीकरण गरिँदै

विदेशबाट फर्किएकाको सीप प्रमाणीकरण गरिँदै

विराटनगर: मोरङमा वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क संकलन र सीप प्रमाणीकरण हुने भएको छ । 

अन्तराष्ट्रिय श्रम संगठनको पहलमा वैदेशिक रोजगारीबाट फर्किएकाको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्न ‘वेलकम होम’ परियोजना सञ्चालन हुने भएको हो । 

प्रदेश १ को मोरङ, सुनसरी र झापामा यो परियोजना सञ्चालन हुनेछ । वेलकम होम आप्रवासी कामदारको आर्थिक पुनःएकीकरणमा सहजीकरण गर्न यूरोपेली संघको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिलले व्यवस्थित र अन्तराष्ट्रिय श्रम संगठनले कार्यन्वयनमा ल्याएको परियोजना हो । 

सोमबार विराटनगरमा कथा नेपालले आयोजना गरेको अन्तर्क्रियामा परियोजना बारे जानकारी दिईएको हो । विदेशबाट फर्किएर आएका युवाहरुले भोगेका समस्या, उनीहरुको व्यवस्थापन गर्न राज्यले बनाएको नीति र सञ्चालन हुन गईरहेको श्रम संगठनको परियोजना लगायतका विषयमा अन्तर्क्रियामा छलफल भएको छ । 

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक ताराप्रसाद बखरियाले काम र कमाईमा ढुक्क बनाउन  संगठनले स्थानीय तहसँग नजिक रहेर काम गरिरहेको बताए । उद्यमशीलता प्रर्वद्धनको लक्ष्यसहित श्रम संगठनले आफ्नो परियोजना अगाडि बढाउने तयारी गरेको बखरियाको भनाइ छ । 

वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षण तथा प्रमाणीकरण गराई बजारको माग र व्यक्तिगत क्षमता अनुरुप रोजगारीको व्यवस्था गर्ने परियोजनाको उद्देश्य छ । 

परियोजनाले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको आधारमा व्यक्तिलाई उद्यमी बनाउन खोजेको बताइएको छ । परियोजनाले पर्यटनको क्षेत्रलाई पनि समेटने भएकाले पर्यटन पूर्वाधार निमार्णमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.