पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

कुश्मा : पर्वतको फलेवास नगरपालिका- ९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। 

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका- ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर मृत्यु भएको हो। 

उनी बिदामा घर आएका थिए। साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो। त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ। दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 

परिवार सम्पर्कमा आएपछि शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.