किन गडबड हुन्छ पाचन प्रक्रिया

किन गडबड हुन्छ पाचन प्रक्रिया

स्वस्थ हुन पाचन प्रणालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। पेट ठीक भए सबै कुरा ठीक भन्ने भनाइ छ। पेट खराब हुँदा अस्वस्थ भइन्छ। अस्वस्थ खानपान, दूषित वातावरण र तनावका कारण पाचन प्रणालीमा प्रतिकूल प्रभाव परेको हुन्छ।

आयुर्वेदिक, होमियोप्याथिक र प्राकृतिक चिकित्सामा वर्णित जीवनशैली र खानपानले पाचन क्रियालाई मजबुत पार्छ। निम्न कुराबाट जोगिँदा पाचन प्रक्रियामा सकारात्मक प्रभाव पर्छ।

– जंक फुडको सेवन

– शारीरिक निष्क्रियता

– तामसी भोजन

– धूमपान तथा मद्यपान

– तनाव

डब्बामा बन्द गरिएको खाद्य पदार्थ, पिज्जा, नुडल्स, बर्गर, चिप्सलगायत खाद्य पदार्थले कुनै न कुनै रूपमा शरीरलाई हानि गर्छ। नियमित व्यायाम नगर्दा विभिन्न खाद्यपदार्थबाट जुन क्यालोरी ग्रहण गरिएको हुन्छ त्यसको खर्च हुँदैन। यसबाट मोटोपन या शारीरिक वजन वृद्धि हुन्छ। व्यायाम नगर्दा कब्जियतको समस्या हुन्छ।

गरिष्ट भोजनको असरले पेट खराब गर्छ। कलेजोमा बोसो जम्मा हुन पुग्छ। मदिरा÷सुर्ती तथा धूमपान सेवनले रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ। पाचन क्रिया खराब हुन्छ।। तनावले पेटमा एसिडिटी जलन र ग्यासको समस्या उत्पन्न गर्छ। समयमा खाना नखाँदा पाचन क्रियामा प्रभाव पर्छ। राति धेरै बेरसम्म टेलिभिजन हेर्ने, मोबाइल तथा ल्यापटपको प्रयोग गर्ने बानीले पाचन प्रणालीमा असर गर्छ। कब्जियत हुने, भोक नलाग्ने, खाना नपच्ने, अमिलो पानी आउने, पेटमा घाउ हुने, छाती पोल्नेलगायत लक्षण देखा पर्छन्। यस्तो बेला आउँ, झाडापखाला, कलेजोमा बोसो जम्ने, पाइल्स, निद्रा नलाग्ने, टाउको दुख्ने, स साना कुराले पनि रिस उठ्ने समस्या हुन्छ।

रोग प्रतिरोधक क्षमताको कमीले ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुन्छ। जीवनशैली एवं विचारले पनि स्वास्थ्यमा प्रभाव पार्छ। फलस्वरुप रोगसँग लड्ने प्रतिरोधक क्षमता बढ्छ। सकारात्मक सोचले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। खानामा पोषकतत्त्वको कमीले पाचन क्रियामा असर गर्छ। शरीरमा हानिकारक तŒवको वृद्धि हुन्छ। यसका लागि खानपानमा सचेत हुनुपर्छ।

के गर्ने ?

– फलफूल नियमित खाने

– समयमै खाना खाने

– औसत आठ घण्टा सुत्ने

– चिल्लो खानेकुरा नखाने

– बोक्रायुक्त दाल, अंकुरित चना, मुग, सोयाबिन सेवन गर्ने

– दही, मही सेवन गर्ने

– काँक्रा, गाजर, मूला तथा सागसब्जी खाने।

– बिहान÷बेलुकी घुम्ने

– नियमित व्यायाम गर्ने।

– योगाभ्यास र प्रणायाम गर्ने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.