शुक्लाफाँटामा बाह्रसिङ्गा र निलगाईको गणना सुरु

शुक्लाफाँटामा बाह्रसिङ्गा र निलगाईको गणना सुरु

महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा र निलगाईको गणना सुरु भएको छ। २४ औं वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जमा बाह्रसिङ्गा र निलगाईको गणना सुरु भएको हो।

बाघको मुख्य आहार प्रजातिका रुपमा रहेका बाह्रसिङ्गा र निलगाईको गणना निकुञ्ज कार्यालयले सुरु गरेको प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले जानकारी दिए।

‘आइतबारदेखि बाघको मुख्य प्रजातिको संख्या गणना गर्ने काम थालिएको हो’, प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘करिब १० देखि १५ दिनसम्म लगाएर गणना गरिने छ, यसबाट कति संख्यामा छन् भन्ने एकिन विवरण आउनेछ।’ निकुञ्जका कर्मचारी, प्राविधिक टोली, प्रकृति संरक्षण कोषका प्राविधिक सहितको २५ जनाको टोली गणना कार्यमा खटिएको छ।

५ वटा समूह बनाएर गणनाको काम भइरहेको टोलीमा सहभागी रेन्जर यमबहादुर रावतले जानकारी दिए। ‘हामी ५ वटा समूह बनाएर गणनाको काम गरिरहेका छौं’, उनले भने, ‘मुख्य बासस्थान रहेको स्थानमा हामीले गणना गरिसकेका छौं, अब अन्य क्षेत्रमा गणनाको काम भइरहेको छ।’

टाउको गणना (हेड काउन्टिङ) विधिबाट गणना हुने गर्दछ। उक्त कार्यमा जीपीएस र बाइनाकुलर समेत प्रयोग गरिएको छ। रेन्जर रावतका अनुसार गणना कार्यमा ४ वटा हात्तीको समेत प्रयोग गरिएको छ। यसअघि शुक्लाफाँटामा सन् २०१३ मा बाह्रसिङ्गाको गणना गरिएको थियो। उक्त समयमा शुक्लाफाँटामा २ हजार ३०१ वटा बाह्रसिङ्गा रहेका थिए।

सन् २००७ भन्दा अघि देखि बाह्रसिङ्गा गणना गर्न थालिएको प्रमुख संरक्षण अधिकृत पौड्यालले बताए।

निलगाईको संख्या भने यसअघि ९० वटा रहेका थिए। कार्यालयका अनुसार बाघका अन्य प्रजातिहरुको समेत अवस्था अनुगमन गरिने छ। ‘बाघको मुख्य आहार प्रजाति भनेकै बाह्रसिङ्गा र निलगाई हुन्’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने,‘त्यसका साथै अन्य प्रजातिका रुपमा रहेका चित्तल, मृगका प्रजाति, रतुवा लगायत वन्यजन्तुको समेत अनुगमन हुनेछ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १७ वटा बयस्क बाघ छन्।

शुक्लाफाँटा मुख्य गरी बाह्रसिङ्गाको बासस्थानका रुपमा परिचित रहेको छ। ठूलो झुण्डमा शुक्लाफाँटाको घाँसेमैदान लगायतका ठाउँमा बाह्रसिङ्गाको बथान हेर्न पाइन्छ। करिब ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसेमैदानमा बाह्रसिङ्गाको ठूलो झुण्ड रहने गर्दछ। निकुञ्ज कार्यालयले वन्यजन्तु संरक्षणको लागि सहकार्य भन्ने मूल नारा सहित २४ औं वन्यजन्तु सप्ताह मनाइरहेको छ।

साताव्यापी रुपमा वन्यजन्तु संरक्षण सम्बन्धी विविध कार्यक्रम हुनेछन्। कार्यालयले सोमबार सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया आयोजना गरेको छ भने निकुञ्ज क्षेत्रभित्र बृहत सरसफाई कार्यक्रम गरिनेछ भने मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने ७ वटा विद्यालयका विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गर्न लागिएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौड्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.