निर्मला हत्या प्रकरण : प्रहरीले दिलिपसिंह विष्टको कुरै सुनेन

निर्मला हत्या प्रकरण : प्रहरीले दिलिपसिंह विष्टको कुरै सुनेन

हेन्द्रनगर  : निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले मुख्य अभियुक्त बनाएर दिलिपसिंह विष्टलाई हिरासतमा यातना दिएको भन्दै प्रहरीविरुद्व दायर गरिएको मुद्दामा सुनुवाई नभएको परिवारले आरोप लगाएका छन् । 

जाहेरीकर्ता दिलिपसिंह विष्टका दाजु खड्गसिंहले आफूले एकमहिना अघि दायर गरेको मुद्दामा प्रहरीले सक्रियता नदेखाएको बुधवार पत्रकारलाई जानकारी दिएका हुन् । 

‘मुद्दा दायर गरेकै एकमहिना बितिसकेको छ, तर अहिलेसम्म कारबाही प्रक्रिया अघि बढेको छैन’, खड्गसिंहले भने, ‘प्रहरी कार्यालयमा गएर के भइरहेको छ, भनेर बुझ्न खोज्दा उल्टै प्रमाण ल्याएर आउनुस भनेर भन्छन् ।’

सरकारले गठन गरेको उच्चस्तरीय समिति, प्रहरी प्रधान कार्यालयले गठन गरेको समिति लगायतका विभिन्न अनुसन्धानबाटै सबै प्रष्ट भइसक्दासमेत दोषी प्रहरी कर्मचारीलाई कारबाही अघि नबढाएको विष्टले बताए । 

‘भाइलाई यातना दिएर जबरजस्ती आरोप कबोल गराइयो, त्यो सबै प्रष्ट भइसकेको छ’ उनले भने, ‘यति धेरै प्रमाण भएर पनि अहिले फेरी प्रहरीले प्रमाण खोजिरहेको छ ।’ जसले प्रमाण मेटाउने प्रयास गरेका छन्, उनीहरुलाई निर्दोष समातेर थुनी यातना दिएजस्तै पक्राउ गरेर अनुसन्धान सुरु गुर्नुपर्ने उनी बताउँछन् । 

प्रहरीले अभियुक्त बनाएका दिलीपसिंह विष्टलाई जबरजस्ती अपराधी बनाउन खोजिएको र यातना दिएको भन्दै दाजु खड्गसिंहले यातना कसुर अन्तर्गत तत्कालिन एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेट्टी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए । पुस २ गते दिइएको मुद्दा पुस ३ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थियो ।

‘प्रहरीकै हिरासतमा यातना दिएका कारणले भाइको स्वास्थ्य निकै बिग्रिएको छ’ उनले भने, ‘केही समय काठमाडौँमा समेत उपचार गरियो, त्यसकोसमेत अहिलेसम्म सरकारले कुनै खर्च व्यहोरेको छैन ।’ अहिलेसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेका बताउँदै उनले घरमै औषधि गरेर राखिएको बताए । 

‘जसरी मेरो भाइलाई यातना दिएर आरोप कबुल गराइयो, त्यसैगरी संलग्न प्रहरी कर्मचारीलाई समेत हिरासतमा राखेर घट्नाको अनुसन्धान गर्नुपर्छ’, उनले भने, ‘घट्नाको राज्यले सत्यतथ्य अनुसन्धान गर्नुपर्छ, र छिटो वास्तविक अपराधी पत्ता लगाउनुपर्छ ।’ 

जिल्ला प्रहरी कार्यालयले भने स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्गसिंह विष्टले दिएको मुद्वाको कारबाही प्रक्रिया अघि बढिसकेको बताएको छ । 

‘दुवै मुद्दामाथि अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मेघबहादुर खत्रीले भने, ‘प्रहरीले मुद्दा दायर भएलगत्तै आवश्यक सबै प्रक्रिया अघि बढाएको छ ।’

अनुसन्धानका क्रममा तत्कालिन प्रहरी अनुसन्धान टोलीले भदौ ४ गते भीमदत्त नगरपालिका १९ का दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेको थियो । 

उनलाई प्रहरीले भदौं २६ गते हिरासत मुक्त गरेको थियो । कोक्यापका अध्यक्ष एवम् अधिवक्ता बद्रीप्रसाद भुसाल, कोक्यापकै कोषाध्यक्ष एवम् सर्वोच्च बारका केन्द्रीय सदस्य पुष्पराज पौडेल र राष्ट्रिय मानवअधिकार संगठनका अध्यक्ष एवं अधिवक्ता इन्द्र अर्यालको सहयोगमा मुद्दा दायर गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.