सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्‍न एमालेको अडान

सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्‍न एमालेको अडान
सुन्नुहोस्

धनगढी : सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति (रेशम पक्ष) र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीको विकल्प खोज्न अडान लिएको छ ।

एमालेको सोडारीको विकल्प खोज्ने अडानले मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी अहिलेसम्म रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनको विरुद्ध सम्पत्ती शुद्धिकरणमा मुद्धा छ । अख्तियारले मुद्धाको तयारी गरेको छ । मन्त्री भएका बेला पनि उनी विवादमा आएका थिए,त्यसैले गठन भएको सरकार अस्थिर नहोस् भनेर यस्तो सुझाव दिइएको हो,' नेकपा एमाले स्रोतले भन्यो ।

एमालेले सोडारी बाहेक जुनसुकै प्रदेश सभा सदस्य भएपनि मुख्यमन्त्रीमा सहमति जनाउने बताएको छ । माओवादी,एमालेका संसदीय दलका नेताहरू यसबारेमा बिहानैदेखि छलफलमा छन् । उनीहरुले समाजवादीका प्रकाश रावल र माया पन्त जो भएपनि मुख्यमन्त्रीमा पठाउन आग्रह गरेका छन् । 

एकीकृत समाजवादीको नेतृत्वमा एमाले,माओवादी केन्द्र,नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । मंगलबार राति नै एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरिसकेको छ ।

तर, एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि अन्यौलता देखिएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरू विभिन्न तह र तवरले छलफल गरिरहेको बताइएको छ ।

समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश प्रमुख नजीर मियाले नागरिक उन्मुक्तिकै दुईजनाको दाबी पेश हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजे सम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.