वर्षाले नुवाकोटका विद्युतीय संरचनामा ३० लाख बढीको क्षति

वर्षाले नुवाकोटका विद्युतीय संरचनामा ३० लाख बढीको क्षति

नुवाकोट : अविरल वर्षाका कारण यस वर्ष नुवाकोटका विभिन्न स्थानमा लाखौंको विद्युतीय संरचनामा क्षति पुगेको छ। कतिपय विद्युतका पोल लडेका छन् भने तारसमेत क्षति भएकोमा मर्मत भइरहेका छन्

 
यस पटकको वर्षात्मा दुई महिनाको अवधिमा मात्र बाढीपहिरोका कारण नुवाकोटका विभिन्न स्थानमा ३० लाख रुपैयाँ बढीको विद्युतीय संरचनामा क्षति पुर्‍याएको नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जनाएको छ।

केन्द्र प्रमुख सन्तोष कुमारका अनुसार विभिन्न स्थानमा एकसय ५० थान विद्युतका पोल ढल्नुका साथै तारसमेत क्षति भएको छ। कतिपय स्थानमा मर्मतपछि विद्युत सुचारु गरिएको छ भने कतिपय स्थानमा मर्मत कार्य जारी  छ। नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोट, रालुका, ककनी क्षेत्रमा विद्युतीय संरचनामा क्षति पुर्‍याएको प्रमुख सन्तोष कुमारले बताए। 

ककनी क्षेत्रमा मात्र ४५ वटा विद्युतीय पोलमा क्षति पुगेको उनले बताए। कतिपय स्थानमा नयाँ पोल राखिएका छन् भने कुनै स्थानमा पुरानै पोल राखिएका छन्। अविरल वर्षाले जीर्ण भएका र पहिरोले बगाएर फलाम तथा काठका पोल ढलेर क्षति भएको हो।  यस पटकको वर्षाले खोल्सी भरिएर माटो बगाउँदा पुराना काठका विद्युतीय पोल ढलेको केन्द्र प्रमुख सन्तोष कुमारले बताए।

उनका अनुसार पोल ढलेको क्षेत्रमा मर्मत गरेर विद्युत आपूर्ति सुचारु गरिएको छ। विद्युत सेवा प्रभावित हुँदा बेलकोट, रानीपौवा र खरानीटारका सयौं घर एक सातासम्म अन्धकार भएका थिए। क्षति पुगेका स्थानमा नयाँ फलामे पोल परिवर्तन गरेर विद्युत आपूर्ति नियमित गरिएको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.