आर्जन र इन्दिराको ‘रेलिमाई’
काठमाडौं : आर्जन पाण्डे र इन्दिरा जोशीको नयाँ गीत ‘रेलीमाई’ सार्वजनिक भएको छ। प्रतीक पौडेलको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा गायिका इन्दिरा र गायक आर्जनले नै अभिनय गरेका छन्।
गीत युट्युब मार्फत मंगलबार सार्वजनिक गरिएको हो। गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। भिडियोमा हरि हुमागाईंको छायांकन, प्रवीण सिंहको निर्देशन र निशान घिमिरेको सम्पादन रहेको छ।