भक्तपुरमा रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु

भक्तपुरमा रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु

भक्तपुर : भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ ।

ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नं को यात्रु बाहक बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं का स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ ।

घटनामा अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। 

मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको र दुईजनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतक नितेश खर्वुजाको सनाखत भएको हो । 

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन्।

घाइतेहरुको युवामोरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले घाइतेहरुको उद्दार गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.