तीन केन्द्रमा महिलाको मात्रै नेतृत्वमा मतदान गराउँदै

तीन केन्द्रमा महिलाको मात्रै नेतृत्वमा मतदान गराउँदै
सुन्नुहोस्

इलाम : इलाम नगरपालिका-५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यमिक विद्यालयमा बिहान सात बजेदेखि नै मतदान सुरु भयो । त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन् । 

यसअघि सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बोकेकी तारा श्रेष्ठ त्यहाँको मतदान अधिकृत छन् । उनले भनिन्, ‘बिहानदेखि नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’ उनले सुरक्षाकर्मी र स्थानीयले तयारीदेखि नै महत्वपूर्ण सहयोग गरेको बताइन्।

इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृतमध्ये तीन जना महिला मतदान अधिकृतहरुलाई महिलाहरु कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको छ । इलाम नगरपालिका - ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मिना आचार्यसहित पाँच जना महिला कर्मचारी खटिरहेका छन् । उनले मध्यान्हसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइन्  । उनले सुरक्षाकर्मीसहितको राम्रो सहयोग पाएको बताइन् । 

null

इलाम विद्या मन्दिरमा हिमज्योती घिमिरेसहित पाँच जना महिला कर्मचारी खटिरहेका छन् । बिहानैदेखि मतदातको चापभने न्यून देखिएको छ । मध्यान्हसम्ममा २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशब प्रसाद घिमिरेले बताए ।

मतदानस्थलको संवेदनशिलतालाई वर्गीकरण गरेर कम्तिमा ८ जनादेखि अधिकतम १२ जना एउटा स्थलमा र प्रत्येक मतदान केन्द्र थप हुँदा खेरी थप ५ जनाको हिसाबले थप नेपाल प्रहरी खटिने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उपनिर्वाचनमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानबाट सुरक्षामा खटाइएको छ।

उनले भने ‘हाम्रा मतपेटिका संकलनको लागि ६१ वटा सवारी साधन प्रयोग गरेर मतदान सम्पन्न हुने बित्तिकै त्यहाँको प्राविधिक काम सकेर राती १० बजे सम्ममा मतगणना स्थलमा सबै पेटिका ल्याउने योजना छ ।’ १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ७० हजारको मतदान हुने अपेक्षा गरिएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.