जनताको सुविधाका लागि सडक सञ्‍जालको विकास अपरिहार्य : अध्यक्ष ओली

जनताको सुविधाका लागि सडक सञ्‍जालको विकास अपरिहार्य : अध्यक्ष ओली
सुन्नुहोस्

चन्द्रौटा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताएका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको  उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुपर्ने बताएका हुन्।

'आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ?,'ओलीले पश्न गर्दै भने,'सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।' तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताए।

पूर्वप्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न  नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए । '०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिएँ । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ,'उनले भने । कपिलवस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने बताएको राससमा समाचार छ।

उनले पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने जोड दिए । देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको पनि ओलीको भनाइ थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.