वीरगन्ज नाकाको मितेरी पुलबाट अत्याधुनिक पेस्तोलसहित युवक पक्राउ

वीरगन्ज नाकाको मितेरी पुलबाट अत्याधुनिक पेस्तोलसहित युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट दुई थान स्वचालित (अटोमेटिक) पेस्तोलसहित एक नेपाली युवक पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी )ले मितेरी पुलबाट सोमबार नवलपरासीको रजहरका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो।

उनको साथबाट मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिन बरामद गरिएको एसएसबीका सहायक कमान्डेट गुलाब कुार चौधरीले जानकारी दिए।

दुई थान अटोमेटिक पेस्तोल र एक थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिए पनि उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको चौधरीले बताए। 

चौधरीका अनुसार, भारतमा जारी लोकसभा निर्वाचनका बेला नेपालबाट दुई जना व्यक्ति हतियारसहित रक्सौल प्रवेश गर्न लागको पूर्व सूचना एसएसबीलाई प्राप्त भएको थियो। त्यही सूचनाका आधारमा सोमबार मितेरी पुलमा खटिएको एसएसबीले दुई जना नेपाली शंकास्पद अवस्थामा हिँड्दै रक्सौलतर्फ जाँदै गरेको अवस्थामा रोकेर जाँच गर्न खोज्दा महर्जन र ठकुरी डंकन हस्पिटल रोड तर्फ भागेका थिए। 

त्यसक्रममा उनीहरुले आफूसँग रहेको हतियार सडक छेउको झाडीमा फालेका थिए। तीमध्ये महर्जनलाई पक्राउ गर्न सफल भएपनि ठकुरी भने फरार भएकोले पक्राउ गर्न नसकिएको र उनको खोजी भइरहेको चौधरीले बताए। 

पेस्तोलसहित पक्राउ परेका महर्जनलाई प्रहरी थुनामा राखेर अनुसन्धान भइरहेको भन्दै चौधरीले भने,‘उनीहरू के नियतले भारत प्रवेश गर्न खोजेका थिए ? त्यसको कारण अहिलेसम्म खुल्न सकेको छैन। यस बारेमा नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.