निर्वाचन आयोगविरुद्ध अदालत जाने

निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित गैह्रकानुनी रुपमा रातारात दल दर्ताको घोषणा भयो : यादव


काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा निर्वाचन ऐन विचाराधीन रहेको अवस्थामा गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता भएको दाबी गरेका छन्।  

अशोक राई नेतृत्वमा जसपा गठन भएपछि बुधबार पत्रकार सम्मेलनमा बोल्दै यादवले निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित असंवैधानिक तरिकाबाट रातारात नयाँ दल दर्ताको घोषणा भएको बताएका हुन्।

उनले भने,‘म विदेशमा सम्मेलनमा गएको मौका छोपेर जसपा, एकीकृत समाजवादी र कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला फैलाइयो। यो हल्ला अत्यन्तै निराधार र अत्यन्तै कपोलकल्पित हो। यो अपवाहलाई कसैकसैले मौका छोपेर पार्टीभित्र फुटाइयो।’

यादवले पार्टीभित्र संस्थागत,सैद्धान्तिक र वैचारिक विवाद नहुँदै केही व्यक्ति स्वार्थप्रेरित बनेर हल्ला चलेको मौकामा फाइदा उठाएको बताए। नितान्त व्यक्तिगत स्वार्थमा राखेर संघीयता, पहिचान र मधेशको मुद्दा धरापमा पार्ने काम भएको उल्लेख गरे।

उनले आफूलाई एक वर्ष प्रधानमन्त्री बनाउने हल्ला प्रायोजित मात्र भएको स्पष्ट पारे। उनले आफ्नो कारणले सरकार र राजनीतिमा अस्थिरता नआउने धारणा राखे। पार्टीको केन्द्रिय समितिमा दुई तिहाई बहुमत आफ्नो पक्षमा रहेको दाबी गरे। उनले निर्वाचन आयोगविरुद्ध आफूहरु अदालतमा जाने समेत बताए। जसपा नेपालबाट १२ जना सांसदमध्ये नवगठित दल जसपामा ७ जना गएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.