विद्यालयका लेखापाल र अध्यक्षविरुद्ध भ्रष्टाचार मु्द्दा दायर

विद्यालयका लेखापाल र अध्यक्षविरुद्ध भ्रष्टाचार मु्द्दा दायर
सुन्नुहोस्

काठमाडौं : दाङको बेला गाउँविकास समित-२ मा रहेको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट निजी स्रोत शिक्षकलाई तबल खुवाउने बहनामा विभिन्न शीर्षकमा चर्को शुल्क लिइ अनियमितता गरेको पुष्टि हुन आएपछि तत्कालीन लेखापाल पोख्रेल र अध्यक्ष चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मु्द्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन लेखापाल पोख्रेलले आर्थिक वर्ष २०७२/०७३ मा लेखा श्रेस्ता दुरूस्त नराखेको,रसिदको प्रयोग नगरी रकम लिएको,विद्यार्थीबाट उठाएको रकम मनोमानी खर्च गरेको पुष्टि हुन आएको जानकारी दिए। 

लेखापाल पोख्रेलविरुद्ध ८ लाख ९२ हजार ६७ रुपैयाँ विगो र विगोबमोजिम सजाय माग गरिएको अख्तियारले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूखुसी २ लाख २० हजार रुपैयाँको चेक काटी रकम निकासा गरेको र निकासा भएको खर्चको विवरणसमेत नराखेको पाइएको अख्तियारले जनाएको छ।

उनीविरुद्ध सोही रकम बराबरको विगो माग गरिएको छ।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.