शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
सुन्नुहोस्

धनगढी : संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता चौधरीको अध्यक्षतामा, उपाध्यक्ष दामोदर पण्डितसहित पार्टीको बहुमत केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो।

निर्वाचन आयोगले रेशमलाल चौधरी नेतृत्वको नयाँ केन्द्रीय समिति अवैधानिक ठहर गरेपछि रञ्जीता नेतृत्वको पुरानै २१ सदस्यीय केन्द्रीय समितिको बैठक बसेको हो। बुधबारको बैठकमा २१ जनामध्ये १२ जनाको उपस्थिति रहेको बताइएको छ।
 

‘केन्द्रीय समितिको बहुमतले केन्द्रकै गठबन्धनअनुसार प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको छ। हामीले यो निर्णय लगेर प्रधानमन्त्री र गठबन्धनका शीर्ष नेताहरूलाई भेट्छौं। केही ‘गीभ एण्ड टेक’को कुरा गर्नुछ। त्यसपछि मात्रै समर्थन फिर्ता लिन्छौं,’ पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष दामोदर पण्डितले भने।

केही दिनअघि पार्टी अध्यक्ष रञ्जिता चौधरीसहितका प्रतिनिधि सभा सदस्य, पार्टी पदाधीकारीहरूले बालुवाटारमै गएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। त्यतिबेला प्रधानमन्त्री दाहालले उन्मुक्तिलाई सरकारमा आउन आग्रह गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी आफैं टीकापुर आएकी हुन्। तर, टीकापुरमा भएको पार्टीको बैठकमा भने मन्त्रीबाहेक २ जना प्रदेश सभा सदस्यमात्रै उपस्थित थिए। 

७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका ४ जनालाई मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री र एक जनालाई राज्यमन्त्री बनाएको छन्। मन्त्रीबाहेकका २ जना प्रदेश सभा सदस्यमात्रै बैठकमा उपस्थित भएपछि समर्थन फिर्ताको निर्णय लागू हुने वा नहुनेमा आशंका पैदा भएको छ।

तर, पार्टी प्रवक्ता दामोदर पण्डित भन्छन, ‘पार्टी भनेको पार्टी हो। पार्टीबाटै सबै जना प्रदेश सभा सदस्य भएका हुन्। उनीहरू पार्टीले गरेको निर्णयमा आउनुपर्छ भन्ने मलाई विश्वास छ।’ उनले प्रदेश सभाका सबै सदस्यहरूलाई खबर भने गरिएको बताए।

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी निर्णयक छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १८ (एकजनाको निधन), नेकपा माओवादी केन्द्रका ११ (सभामुख सहित), नेकपा एमालेका १० (उपसभामुख सहित), नागरिक उन्मुक्ति पार्टीका ७, समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन । नयाँ गठबन्धनलाई सरकार बनाउन नागरिक उन्मुक्तिको समर्थन आवश्यक पर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.