सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २ सय ४९ पटक खरिदबिक्री हुँदा  २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भयो। 

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यसदिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाए। सो कम्पनीको सेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढि शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३२०रुपैयाँको सेयर बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.