महरा पक्राउ परेपछि कांग्रेसले भन्यो - आयोगले किटान गरेका कसैलाई पनि छोड्नु हुँदैन


काठमाडौं : नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद दिएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताए।

महामन्त्री थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए  सुन काण्ड फासफुस हुने उल्लेख गरे।

उनले भने, 'सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्नु हुँदैन। यसमा सरकारलाई पूर्ण साथ रहन्छ। यसले हामीलाई एउटा कुरा सिकाएको छ। तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ। आयोग नबनेको भए सुन काण्ड फासफुस हुनेरहेछ।'

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताए।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार महरालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.