काठमाडौंबाट पोखरा उडेका जहाज डाइभर्ट

काठमाडौंबाट पोखरा उडेका जहाज डाइभर्ट
फाइल तस्बिर।

पोखरा : काठमाडौंबाट पोखरा उडेका जहाज  खराब मौसमका कारण  काठमाडौंतिरै डाइभर्ट भएका छन्। खराब मौसमका कारण जहाजहरू पोखरामा अवतरण हुन नसकेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण भिजिविलिटी कम भएपछि जहाज अवतरण हुन नसकेको जानकारी दिए। 

विमानस्थलको टेलिफोन सेवा समेत केही समय अवरुद्ध भएको पोखरा विमानस्थलले जनाएको छ।

विमान स्थलका प्रमुख कर्णले अन्नपूर्णलाई भने,'पोखरामा पानी परिरहेको छ। खराब मौसमका कारण भिजिविलिटी कम भएपछि जहाज अवतरण हुन सकेका छैनन्। विमानस्थलको टेलिफोन सेवा अवरुद्ध भएको थियो। तर, तत्कालै सञ्चालनमा आइसकेको छ। मौसम खुलेपछि नियमित उडान हुनेछ।'

सोमबार बिहान पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौं फर्काइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.