गुरिल्ला रेस प्रतियोगिता हुने

गुरिल्ला रेस प्रतियोगिता हुने
सुन्नुहोस्

रुकुम पूर्व : तत्कालीन माओवादी आन्दोलनका बेला पूर्वी रुकुम र रोल्पा अन्तर्गतका पदमार्गमा सोही आन्दोलनका लडाकुहरूले प्रयोग गरेको बाटोमा द्वन्द्वको सम्झना स्वरुप छापामार अथवा गुरिल्ला रेस प्रतियोगिता हुने भएको छ। 

सशस्त्र युद्ध ताका तत्कालीन माओवादीले सिस्ने जलजला (सिज) अभियान सञ्चालन गरेको थियो। सिज अभियानकै विशेष क्षेत्र मानिएको स्थानहरूमा पाँचौं संस्करणको गुरिल्ला अल्ट्रा ट्रेल रेस असार २ गते हुने भएको हो।

रुकुम पूर्वको भूमे गाउँपालिकामा हरेक वर्ष आयोजना हुने रेस यो वर्ष दुई वटा दूरीमा सञ्चालन हुन लागेको छ। ५२ किलोमिटर र १० किलोमिटर गरी दुई वटा दूरीमा रेस सञ्चालन हुन लागेको आयोजक भूमे गाउँपालिकाले जनाएको छ। 

५२ किलोमिटर तर्फ विजेता पुरस्कार ५० हजार, उपविजेता ३० हजार, तेस्रोलाई १५ हजार र चौथो स्थान हाँसिल गर्नेलाई ८ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।  

ऐतिहासिक थबाङ, जलजला लगायतका ठाउँलाई जोड्ने गरी पहिचान गरिएको मार्गमा यो दौड दौडाइने गरिएको छ। रेसमा प्रतिस्पर्धाका लागि देशका विभिन्न ठाउँबाट धावकहरू आउने गरेका छन्। 

पाँचौंदेखि दशौं स्थानसम्म हाँसिल गर्नेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। त्यस्तै १० किलोमिटर तर्फ विजेता पुरस्कार १० हजार, उपविजेता ७ हजार, तेस्रोलाई ५ हजार, चौंथो हुनेलाई २ हजार ५ सय तथा पाँचौं देखि दशौं स्थानसम्म प्राप्त गर्नेलाई समान १ हजार पुरस्कारको व्यवस्था छ। दूरी अनुसार पुरस्कार राशि फरक फरक रहेको छ भने महिला र पुरुषको पुरस्कार समान रहेको छ। 

दुवै दौड महतबाट सुरु हुने छन् भने खाबाङ बगरमा पुगेर सकिने छन्। ५२ किलोमिटर रेस महतबाट सुरु भई नैमाकेंग-लाबाङ-हुल्वाङ-थोर्बाङ-गलच्योल-घमचिन-धंगनै-जलजला-चलाबाङ-थवाङ-जुर्बाङ-पोर्पोछेडा-मारिङ-खाल्पाते-खाबनङ हुँदै खाबाङ बगर पुगेर सकिने रेस संयोजक सुनिल रोका मगरले जानकारी दिएका छन्।

त्यस्तै १० किलोमिटर रेस पनि महतबाटै सुरु भई स्यबाङपो-सानो लेक-कोइचा-खाबाङटिला-मारिङ-खालपाटे हुँदै खाबाङ बगरमा पुगेर समाप्त हुने उहाँको भनाई छ। युद्ध पर्यटनको विकासका लागि भन्दै विगत ५ वर्षदेखि भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल रेस आयोजना हुँदै आइरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.